बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

बागलुङमा कांग्रेसको उम्मेदवार सिफारिस हुन ७५ हजार शुल्क



बागलुङ । नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन गरे पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ ।

बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने र त्यसका लागि ७५ हजार रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था गरेको हो ।

नेता, कार्यकर्ताले भने उम्मेदवारको रुपमा सिफारिस हुनकै लागि चर्को शुल्क तोकिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

केन्द्रीय कार्यालयले १३ भदौमा गरेको सर्कुलरमा उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिनु भन्ने निर्देशन छ । तर, जिल्ला कार्यसमितिले भने ७५ हजार रुपैयाँ शुल्क तोकेर उम्मेदवार बन्न खोज्नेको ढाड सेकेको नेताहरूको गुनासो छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ५ : ४६ बजे