बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

वीपी कांग्रेसका केन्द्रीय सदस्य नारायण भारती झापा २ बाट संघीय सांसद उम्मेदवार बन्ने



काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य नारायण भारती आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेश आमनिर्वाचनमा झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । भारती नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा प्रजातान्त्रिक आन्दोलनका होनाहार सिपाही हुन् ।

उनले जनआन्दोलनको क्रममा राजाको फोटोसमेत जलाएर आफ्नो क्रान्तिकारी छविलाई उजागर गरेका थिए । नेविसंघका पूर्व केन्द्रीय सदस्यसमेत भइसकेका नेपाली कांग्रेसका युवा नेता भारती अहिले वीपी कांग्रेसको केन्द्रीय सदस्य छन् । नेविसंघको राजनीति गर्दा भारतीय नेपाली कांग्रेसले आयोजना गरेका विभिन्न आन्दोलनमा विद्यार्थीको तर्पmबाट अग्रपंत्तिमा देखिने नेता हुन् भारती ।

उनी नेविसंघको राजनीति गर्दा पार्टी संगठनको लागि देशव्यापी रुपमा खटेका एक जुझारु नेताको रुपमा चिनिन्छन् । भारती विद्यार्थी राजनीतिमा रहँदा उपत्यकाभित्रका हरेक क्याम्पसहरुमा विद्यार्थीका समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्दथे ।

त्यतिबेला उनलाई पार्टीभित्रको एउटा इमानदार, जुझारु र कर्मठ युवा नेता तथा स्पष्ट वक्ताको रुपमा चिन्दथे । सधैं नेविसंघ र कांग्रेस पार्टी संगठनमा मरिहत्ते गरेर लागिपर्ने उनले पार्टी र नेविसंघलाई कहिल्यै मागी खाने भाँडो बनाएनन् । अखिल र नेविसंघको झगडा हुँदा सधैं अग्रभागमा देखिने भारती निडर युवा नेता भनेर चिनिन्छन् ।

विद्यार्थीका हकहितका लागि हुने क्याम्पसका आन्दोलनका मोर्चामा सधैं अगाडि देखिने उनी निडर र निस्वार्थी विद्यार्थी नेता भनेर चिनिन्थे । पछिल्लो समय आफ्नै व्यवसाय सञ्चालन गरेर जीवीको पार्जन गर्दै भारती आगामी आमनिर्वाचनमा झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सांसद्मा उठ्दै छन् । स्वच्छ छविका नेता भारतीको उम्मेदवारी दिने चर्चालाई त्यस क्षेत्रका जनताले स्वाभाविक उम्मेदवारको रुपमा लिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : २५ बजे