बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएपछि प्रहरी परिचालन



काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थी– विद्यार्थीबीच एक आपसमा विवाद सिर्जना भएसंगै झडप परेको हो । विवादबाट सुरु भएको झडपले ठूलो रुप लिएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ९डीएसपी० राजु पाण्डेका अनुसार गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको हो । सोही क्रममा विवादले ठूलो रुप लिएर अवस्था जटिल बनेपछि प्रहरी परिचालन गरिएको हो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बीचमा आज सो अवस्था सिर्जना भएको हो । विधालय प्रशासनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कार्बही नगरेको भन्दै स्थानीयले विरोध जनाएपछि सो अवस्था सुलझाउनका लागि प्रहरी वृत जगातेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : ५९ बजे