बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

तीजको नाच हेर्ने क्रममा दुई समूहबीच झडप, एक युवकको मृत्यु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ’, उनले भने, ‘मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १० : ४१ बजे