बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

कञ्चनपुरमा आज एमालेले जनसभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने



कञ्चनपुर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) कञ्चनपुर जाँदैछन् । सदरमुकाम महेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओली त्यसतर्फ जान लागेका हुन् ।

महेन्द्रनगरको स्मारक चोकमा कार्यक्रम आयोजना गरिएको छ । निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको छ । एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टका अनुसार आजको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । ओलीले दिउँसो साढे १२ बजे जनसभालाई सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।

पार्टी प्रवेश कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम शाही, नेताहरु तारालामा तामाङ, अशोक चन्द, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनीहरुलाई ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको एमाले कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ३८ बजे