चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

माटो जोगाऔँ,अभियानमा सहकार्य गर्न सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गर्दै सरकार



काठमाडौं । विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियान अन्तर्गत नेपाल सरकारसँग यहि १७ भदौ अर्थात २ सेप्टेम्बरमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ बीच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो ।

ुमाटो जोगाऔँु अभियान माटोको विनासलाई सम्बोधन गर्नको लागि इशा फाउण्डेसन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो ।

माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

माटोको विनासको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा सय दिने यात्रा सुरु गरेका थिए । यात्राको सुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् ।

६ क्यारिबियन राष्ट्र, अजरबैजान, युएई लगायतले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै कि आ।यू।सि।एन। संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यू।एन।सि।सि।डी। , डब्ल्यू।एफ।पी। तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : २३ बजे