बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

न्युरोडको विशाल बजारलाई कामपाको चेतावनी, २४ घण्टाभित्र नक्सा नदेखाए डोजर चल्छ



काठमाडौं । न्युरोडमा रहेको विशाल बजार भवनको नक्सा २४ घन्टाभित्र वडा कार्यालयमा पेस नगरे डोजर चल्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले व्यवस्थापनलाई चेतावनी दिएको छ । महानगरपालिकाको टोलीले विशाल बजारको स्थलगत अनुगमन गरी बेसमेन्टभित्र सञ्चालित पसल अनधिकृत रहेको र भवनको नक्सासमेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिइएको हो ।

विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसल वैधानिक रहेको बताएको छ । महानगरले न्यूरोडस्थित सुरज आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न २४ घन्टे समय दिएको छ। सवारी पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा सटर राखेको पाइएपछि महानगरले खाली गराउन लागेको हो ।

पार्किङका लागि नक्सापास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसल चलाइएको छ ।

महानगरले वसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउँदै छ । पार्किङका लागि बनाएको संरचना व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन लागिएको महानगरले बताएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ४९ बजे