१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

नागरिकता बिद्येयक आज पेश हुदैँ



काठमाडौं । नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ। संसद सचिवालयका अनुसार विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको हो ।

विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।

पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाए पछि प्रतिनिधिसभाले पुन बहुमतले पारित गरेको थियो । फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भए पछि बिबादमा पर्दै आएको छ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ९ : ३७ बजे