चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

राहदानी विभागको नयाँ भवनको नक्सा पास भेटिएन : महानगर



काठमाडौं । राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको महानगरपालिकाले बताएको छ । काठमाडौं महानगरपािलकाले अवैधनिक संरचना नष्ट गर्नेक्रम राहधानी विभागको नक्सा नभेटीएको हो । उक्त भवन गत वर्ष निर्माण गरिएको थियो ।

काठमाडौं महानगरपालिका भवन निर्माण विभागका एक अधिकारीका अनुसार कन्सुलर सेवा विभाग समेत रहेको यो भवनाको नक्सा पास नै नरहेको हो ।
उक्त भवन निमार्णकाका लागि १ अर्ब ५ करोड लागत लागेको थियो । नक्सा पास नभइ बनाएको उक्त भवनमा भने विभागले पार्किङको प्रर्वन्ध मिलाएो थियो । सेवाग्राहीलाई समस्या हुने भएपछि बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ ।

महानगरको टोली विभागममा पुगेर बेसमेन्ट खाली गराइरहेको छ । यस अघि पनि महानगरपालिकाका मेयर बालेन्द्र शाहले बेसमेन्ट खालि गर्न निर्देशन दिएको थियो । तर कर्मचारीको सहजका लागि राखिएको त्यहाँका एक कर्मचारीले बताएका छन ।

विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गरेका छन् । महानगरका एक अधिकारीका अनुसार अहिले महानगरको रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड भेटिएको छैन । यदि नक्सा पास भएको प्रमाण भए पेश गर्न समेत महानगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : ५७ बजे