चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

वडा अध्यक्ष आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण



जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वाडा नम्वर १ का नवनिर्वाचित वडा अध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् ।

भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौर गाउमा रहेको मतदाताको घरअंगानमा पुगेको बताए ।

एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई भत्ता बुझ्ने ठाउँसम्म पुग्न कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर वितरण गरेको उनले बताए । ‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो, अध्यक्ष भण्डारीले भने ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : ५३ बजे