बैशाख ४, २०८१ मंगलबार Wed Apr 17 2024

विश्वकै पहिलो हाइड्रोजनबाट चल्ने रेल जर्मनीले बनायो



काठमाडौँ । विश्वको पहिलो हाइड्रोजन संचालित यात्री रेल नेटवर्क जर्मनीको लोअर स्याक्सनी राज्यमा सुरु भएको छ । चार वर्षअघि नै यसको परीक्षण सुरु भएको थियो । “फ्रान्सेली निर्माता अल्सटोमद्वारा निर्मित हाइड्रोजन इन्धन सेल ड्राइभ भएका १४ रेलहरूले डिजेल ट्रेनहरू प्रतिस्थापन गर्नेछन् ।

नयाँ रेलहरू मध्ये पाँच पहिले नै सञ्चालनमा छन्, जबकि अन्यहरू यस वर्षको अन्त्यमा चल्ने तालिका छ । लोअर स्याक्सोनीका मन्त्री स्टेफन वेलले यो परियोजना विश्वभर एउटा रोल मोडेल भएको बताएका छन् ।

नवीकरणीय ऊर्जाको राज्यको रूपमा, हामी यसरी यातायात क्षेत्रमा जलवायु तटस्थताको मार्गमा कोसेढुङ्गा कायम गरेको उनले बताए ।

परीक्षण सञ्चालनको दुई वर्षको अवधिमा, दुई प्रि(श्रृंखला ट्रेनहरू कुनै समस्या बिना चलेका थिए । परियोजनाको कुल लागत लगभग ९३ मिलियन यूरो रहेको बताइएको छ ।

अल्सटोमले एक विज्ञप्तिमा कोराडिया आइलिन्ट उत्सर्जन(रहित हाइड्रोजन इन्धन सेल ट्रेनहरूको दायरा एक हजार किलोमिटर रहेको जनाएको छ, जसले तिनीहरूलाई हाइड्रोजनको एक ट्याङ्कीमा एक दिन चल्न सक्षम बनाउँछ ।

यी ट्रेनहरूले १।६ मिलियन लिटर डिजेल बचत गर्नेछ जसले सीओ २ उत्सर्जनलाई प्रति वर्ष ४४०० टनले घटाउँछ । ट्रेनको अधिकतम गति १४० किमी प्रति घण्टा रहेको बताइएको छ ।

यस शहरमा हाल प्रयोगमा रहेका अन्य पुराना डिजेल रेलहरू पछि परिवर्तन गर्ने तयारी समेत गरिएको छ । कम्पनीले हाइड्रोजन वा ब्याट्रीबाट चल्ने रेल सञ्चालन गर्ने निर्णय गर्न बाँकी छ । जर्मनीले सन् १९९० को स्तरको तुलनामा २०३० सम्ममा ६५ प्रतिशतले हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ५१ बजे