बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

बालेनले भने – अफिस पुगेर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?



काठमाडौैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटाको अवैध संरचना भत्काएपछि पहिलो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै अल्फाबिटाका सञ्चालक द्विप शर्माले आफ्नै घरको नक्सा मागेको भन्दै आफूले नक्सा र डोजर लिएर गएको बताएका छन् ।

उनले भने, ‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।’

त्यस्तै, उनले उपरान्त यस्तो अवस्था सिर्जना नहोस् भन्नेतिर सचेत रहन समेत भनेका छन् । त्यस्तै, उनले अवैधानिक रूपमा बनाइएका संरचना आफै भत्काउन समेत भनेका छन् ।

उनले भने, ‘अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ४ : ५८ बजे