बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

पूर्व सुचना बमोजिम व्यापारीले अटेर गरे आफैंले संरचना भत्काउने मेयर बालेन्द्रको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज कोटेश्वर क्षेत्रका अवैध संरचना भत्काउने भएको छ । महानगरका मेयर बालेन्द्र साहसहितको अनुगमन टोली दिउँसो त्यस क्षेत्रमा पुगी नक्सा पास नगरी बनाएका त्यस्ता संरचना भत्काउने भएको हो ।

पार्किङका लागि भनेर बनाइएका संरचनामा सटर हालेर बसेका व्यापारीहरुलाई त्यस्ता ठाउँ आफैंले खाली गर्नु भनेको र उनीहरुले खाली नगरे महानगरपालिका आफैंले हटाउने तयारी भएको बुझिएको छ ।

महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार नक्सा पास नगरी अन्डरग्राउन्ड पार्किङमा बनाइएका संरचना हटाउन भनि सकिएको छ । आज दिउँसो महानगरपालिकाको टोली त्यस क्षेत्रको अनुगमनमा पुग्लासम्म खाली नगरिए आफैं खाली गराउने उनले जानकारी दिए ।

महानगरपालिकाको टोलीले मंगलबार नयाँ बानेश्वर क्षेत्रको अवैध संरचना भत्काएको थियो भने बुधबार सुन्धारा तथा न्युरोड क्षेत्रमा डोजर चलाएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १ : ३३ बजे