बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

काठमाडौँ मलमा अवैध संरचना हटाउन चल्यो बालेनको डोजर



काठमाडौँ । सुन्धारास्थित काठमाडौँ मलको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अवैध रूपमा बनाएको संरचना हटाउनको लागि बुधवार महानगरले डोजर लगाएको हो ।अवैध रूपमा बनेका ती संरचना हटाउनका लागि मेयर बालेन शाह आफैँ सक्रिय रहेका थिए ।

यसअघि महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ ।

कर्मचारी सञ्चय कोषको स्वामित्व रहेको मलमा भाडामा बसेकाहरूले अवैध रूपमा संरचना निर्माण गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : २७ बजे