काठमाडौँ । सुन्धारास्थित काठमाडौँ मलको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अवैध रूपमा बनाएको संरचना हटाउनको लागि बुधवार महानगरले डोजर लगाएको हो ।अवैध रूपमा बनेका ती संरचना हटाउनका लागि मेयर बालेन शाह आफैँ सक्रिय रहेका थिए ।
![](https://i0.wp.com/palikasamaya.com/wp-content/uploads/2022/08/balen1.jpg?resize=720%2C540&ssl=1)
यसअघि महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ ।
कर्मचारी सञ्चय कोषको स्वामित्व रहेको मलमा भाडामा बसेकाहरूले अवैध रूपमा संरचना निर्माण गरेका थिए ।