चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

वडा कार्यालयद्वारा सामाजिक सुरक्षाभत्ता बुझ्न जानआउन यातायात खर्चको व्यवस्था



काठमाडौं । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाको समेत व्यवस्था गर्न थालेको छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज होस् भनेर उनीहरूलाई यातायातको सुविधा दिन थालेको हो ।

यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न जाने नागरिकका लागि यो सुबिधा दिइनेछ ।’ वडाध्यक्ष शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । बैंकले त्रैमासिक रुपमा भत्ता प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ३९ बजे