९ श्रावण २०८३, शनिबार Sat Jul 25 2026

सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक प्रस्तुत हुँदै



काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निणर्यार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ८ : ४४ बजे