बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

नेपाल भूमिहिन सुकुम्वासी संगठनको अध्यक्षमा चौधरी



काठमाडौं । नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । उक्त प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय संगठनले यसअघि नै गरेको थियो । सो निर्णय बमोजिम सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनबाट सांसद शान्ता चौधरी अध्यक्षमा निर्बाचित भएकी छन् ।

शान्ता चौधरी नेनृत्वको नेपाल भूमिहिन सुकुम्बासी संगठनले सार्थकता पाउने र मर्म र भावनाअनुसार काम हुनेमा भूमिहिन सुकुम्बासीहरु ढुक्क छन् । नवनिर्वाचित अध्यक्ष चौधरी लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यले त्यसमा विशेष भूमिका खेल्नेमा पनि भूमिहीन सुकुम्वासीहरु विश्वस्त छन् ।

अध्यक्ष चौधरीले पहिलादेखि भूमिहिन सुकुम्वासीको पक्षमा आवाज बुलन्द गर्दै आएकी थिइन् । त्यसकारण पनि संगठनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको सुकुम्वासीहरुको भनाइ छ । बिर्दिमा सम्पन्न नेपाल भूमिहिन संगठनको प्रथम राष्ट्रिय सम्मेलनपछि नवनिर्वाचित पूर्ण कार्यसमितिको बैठक पनि सम्पन्न भएको छ।

बैठकले सुकुम्वासीसम्बन्धी समस्या र समाधानका उपायमा व्यापक छलफल गरेको छ । उक्त छलफल कार्यक्रमपछि पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम पनि सम्पन्न भएको छ

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : ४५ बजे