बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

गर्भवती महिलालाई मासिक एक हजार दिने तयारी गर्दै छथर गाउँपालिका



तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ ।

गाउँपालिकाले आर्थीक बर्ष २०७९र८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेको जनाएको छ । गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नौ हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।

आर्थिक रुपमा कमजोर गर्भवतीलाई राहात होस भन्ने उदेश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षेत्र र आर्थिक रुपमा विपन्न परिवारका महिलालाई राहात मिल्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : १५ बजे