बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

माछा मार्ने क्रममा करेन्ट लागेर दुईजानको मृत्यु, एक घाइते



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका(२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबुछोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् ।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका(५ घर भई शुक्लागण्डकी नगरपालिका(२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् ।

करेन्ट लागेर तीनै जना घाइते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : १० बजे