बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाई सोमवारका लागि स¥यो



काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सोमवारका लागि सरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग नियुक्तिबारे लिखित जवाफ माग गरेको थियो ।

कानुनी व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेका अनुसार आज हुने भनेको सुनुवाईमा मन्त्रालयबाट मिसिल मगाइएको, तर चलचित्र विकास बोर्डको अध्यक्षमा सिफारिस गर्दा अंकभारको कागजात नपठाएकाले सोमवार रिटको सुनुवाइ हुने भएको हो ।
नियुक्तिविरुद्धको पेशी भने न्यायधीश अनिल सिन्हा र सुष्मलता माथेमाको इजलासमा परेको थियो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित पाँच जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ४ : ३५ बजे