बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

बसले टेम्पुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु



रौतहट । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडकखण्डमा आज ९बिहीबार० बिहान भएको सवारी दुर्घटनामा तीजनाको ज्यान गएको छ ।

सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २ (२००१ ह २१०९ नम्बरको टेम्पुलाई काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती ०३(००१ ख २०१ नम्बरको रात्री बसले ठक्कर दिँदा सर्लाहीको बागमती नगरपालिकाका तीन जनाको ज्यान गएको हो ।

मृतकमध्ये सर्लाहीको बागमती नगरपालिका शोल्टी घर भएका ढकबहादुर लुङगेली मगरको मात्र सनाखत भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएका छन् । मृतक दुई जना पुरुषको सनाखत हुन बाँकी रहेको डिएसपी जयसवारले बताए । ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १० : ५७ बजे