चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

दार्चुलामा जिप दुर्घटना, ५ जनाको मृत्यु



काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं। ६ स्थित उल्लानीमा जिप दुर्घटना भएको छ ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको से १ ज ५५१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको पत्रकार गणेशसिंह धामीले जानकारी दिए । त्यस्तै, अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा १ महिला तथा ४ पुरुष रहेका छन् ।

जिपमा १४ जना सवार थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ०६ बजे