चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

अम्बानीको परिवारलाई फेरि ज्यान मार्ने धम्की



रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको परिवारलाई फेरि ज्यान मार्ने धम्की आएको छ । मिडिया रिपोर्टका अनुसार रिलायन्स फाउन्डेशन अस्पतालको डिस्प्ले नम्बरमा धम्की कल आएको हो। फोन गर्ने व्यक्तिले तीन घन्टाभित्र सम्पूर्ण परिवारलाई मार्ने धम्की दिएका छन् । त्यसपछि अस्पताल व्यवस्थापनले यसबारे डीबी मार्ग प्रहरी चौकीमा उजुरी गरेको छ ।

उजुरीपछि अम्बानीको परिवारको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले यी कलहरू प्रमाणीकरण गरिरहेको छ। यसअघि मुकेश अम्बानीको बंगला एन्टिलिया नजिकै विस्फोटक पदार्थले भरिएको कार भेटिएको थियो । यस मामिलामा मुम्बई पुलिसका इन्काउन्टर स्पेशलिस्ट सचिन वाझेको नाम आएको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ४७ बजे