बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

काँग्रेसकोे प्रचार भन्दा घरदैलो कार्यक्रम बढी



काठमाडौं । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ । पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को बैठकले सभाहरूमा केन्द्रीय वक्ताहरू नदोहोरिने गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसका उपसभापति एवं उपसमितिका संयोजक धनराज गुरुङको सभापतित्वमा भएको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्धारण गरेका खुलासभाबाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित रूपमा आयोजना गर्ने(गराउने निर्णय गरेको छ ।

बैठकमा उपसमिति सदस्यहरू सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला एवं सदस्य सचिव डा। प्रदीप पराजुलीको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : १० बजे