बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

सुरु भयो ‘२ नम्बरी’को छायांकन



काठमाडौं । फिल्म ‘२ नम्बरी’को छायांकन अन्ततः सुरु भएको छ । लामो समयदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई अन्ततः निर्देशक दीपेन्द्र लामाले एक्स–कटमा लगेका हुन् ।

यो फिल्मको छायांकन कास्कीको ल्वाङ गाउँमा सुरु भएको छ । फिल्मको छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनको मुख्य भूमिका छ ।

फिल्मको सुरुवाती छायांकनमा दया र उगेनले काम गरेका छन् । सौगात र उपासनाले केही दिनमा छायांकन सुरु गर्ने किरणको तर्क छ ।

यो फिल्मले २ जना साथीको मित्रताको कथालाई देखाउन खोजेको छ । आगामी कात्तिक ४ गतेबाट यो फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ । एक महिनासम्म ल्वाङकै आसपासमा फिल्म खिचिने किरणले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : ०९ बजे