बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

युक्रेनमा फेरि तीब्र हमला



किभ । रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन् ।

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरु निरन्तर बजिरहेका बीबीसीले जनाएका छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्थित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ ।

यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : १६ बजे