बैशाख २५, २०८१ मंगलबार Wed May 8 2024

समाजसेवाबाट राजनीतिमा उदाउदै पुष्प



काठमाडौं । सरकारी क्याम्पसमा प्राध्यापनसँगै निजी संघसंस्थाका विभिन्न पदमा काम गरेर सामाजिक सँगै शैक्षिक अनुभव सँगालेका दोलखाका पुष्प खड्कालाई यो समयमा स्थानीय निकायको चुनाव राम्रै लागेको छ । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ५ बाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार बनेका पुष्प स्थानीयमाझ सहयोगी, मिलनसार व्यक्तिका रुपमा परिचित छन् ।

काटाकुटी गाविसमा बुवा वेदबहादुर खड्का र आमा टिकाकुमारी खड्काका सन्तानका रुपमा जन्मिएका ३१ वर्षे पुष्पले काटाकुटीबासीको जीवन उकास्न आफूलाई वडाध्यक्षको उम्मेद्वारका रुपमा मतदाताबीच उभ्याएका छन् । ‘नागरिकको जीवनस्तर उकास्न र तल्लो तहका नागरिकलाई स्थानीय सरकारको अनुभुति गराउन अध्यक्षमा उम्मेद्वारी दिएको हुँ । हिजोका जनप्रतिनिधिहरुको जस्तो अवस्था नदोहोरियोस भनेर नै मैले आफ्नो जीवनका थुप्रै अवसर त्यागेर निर्वाचनमा होमिएको हुँ’, उनले भने ।

खड्का वडाको निर्वाचनमा विजयी भएर काम गर्ने सेवा गर्ने मौका पाउँदा व्यर्थ मत दिएछु भन्ने अवसर नदिने उनको दाबी छ । ‘म जनताको मतको अपमान हुन दिन्नँ’, उनी भन्छन् ।

पुष्पसँग कैलासकुट बहुमुखी क्याम्पसमा समाजशास्त्रका सहायक प्राध्यापक, एनसेट नेपालको सामाजिक विकास अधिकृत देखि विभिन्न परियोजनामा काम गरेको अनुभव छ । एलएलबी गरेका खड्का समाजशास्त्रमा एमए र राजनितिशास्त्रमा एमए पुरा गरी ग्रामीण विकासमा स्नातक प्राप्त युवा हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : ०९ बजे