२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

जनचाहनाले काँग्रेसका विष्णुले पुनः दिए उम्मेद्वारी



काठमाडौं । आफ्नो कार्यकालमा लोकप्रिय एजेण्डाको कार्यान्वयन गरेर चर्चामा आएका प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले यसपटक पनि जनचाहनामा पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहेका उनले गठबन्धनको नेकपा (माओवादी केन्द्र)का महावीर राना मगरलाई उपाध्यक्षमा उठाउदै अध्यक्ष पदमा पुनः उम्मेद्वारी दिएका हुन् ।

अध्यक्षका उम्मेद्वार गिरीका अनुसार अघिल्लो कार्यकालमा उनको समूहले ग्रामीण भेगमा सडकको विस्तार तथा पहुँच, १ हजार ५९५ गरिब विपन्न घर परिवारलाई जस्तापाता बितरणजस्ता काम गरेका थिए ।

‘यसबाहेक हामीले पालिकाभित्र सभाहल, वडा भवन, शिक्षा, स्वास्थ्य, झोलुङ्गे पुल लगायतका भौतिक संरचना निर्माणको कामलाई पनि पुरा गरेका थियौं’, उनले भने, ‘हामीले गोमुखी गाउँपालिकामा एम बि बि एस डाक्टरमार्फत चिकित्सकिय सेवा सञ्चालन र एकल पुरुष तथा (ग)वर्गका अपाङ्गलाई सामाजिक भत्ता बितरणको काम पनि गरेका थियौं ।’

उनले अघिल्ले स्थानीय निकायको चुनाव झैं यसपटक पनि स्थानीयले आफूहरुलाई जिताउनेमा ढुक्क रहेको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : २१ बजे