बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

निरङ्कुशता अन्त्य गर्न काँग्रेसका माधवसहितको टोलीको उम्मेद्वारी



दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पा क्षमावतीमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षसहित वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

जसअनुसार वडाध्यक्षका लागि माधव थामी, महिला वडा सदस्यमा निशा थामी, महिला वडा सदस्य(दलित)मा विष्णुमाया खाती, बालकृष्ण राय क्षेत्री र गंगाबहादुर थामीले उम्मेद्वारी दिएका हुन् ।

वडाध्यक्षका उम्मेद्वार माधव थामीले आफूहरुले वडाको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुलीको क्षेत्रमा विकासका लागि प्राथमिकता दिएको बताए । ‘एमालेको निरङ्कुश शासन अन्त्यको लागि हाम्रो उम्मेद्वारी हो,’ उनले भने, ‘विगत ४० वर्ष यता शासनको नाममा गरिएको निरङ्कुशताको अन्त्यका लागि हामी युवाहरुको उम्मेद्वारी आवश्यक थियो ।’

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : २६ बजे