चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

अमेरिकामा नृत्य निर्देशक संघको शाखा



काठमाडौं । देशमा आफ्नो संघको शाखा विस्तारलाई तिब्रता दिइरहेको नृत्य निर्देशक संघ नेपालले अमेरिकाको डिसी महानगर क्षेत्रमा शाखा गठन गरेको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा सञ्चालन हुँदै आएको केसी डान्स सेन्टरका सञ्चालक तथा निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपाल शाखा गठन गरिएको हो ।

संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रेष्ठको उपस्थितिमा गठन गरिएको संघको शाखामा उपाध्यक्ष केसी डान्स सेन्टरका सञ्चालिका एवं निर्देशक लुना श्रेष्ठ, सचिवमा मनिधन राई, कोषाध्यक्षमा सिम्रन शाही र सल्लाहकारमा नृत्य निर्देशक यज्ञमान शाक्य रहेका छन् ।

२०७३ सालमा स्थापना भएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यालय काठमाडौँ चाबहिल रहेको छ । संघका वर्तमान केन्द्रिय अध्यक्ष नृत्य निर्देशक भुवनदास श्रेष्ठ छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे