काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निमार्ण गरिएका अनधिकृत संरचना हटाउनका लागि डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जग्गामा निमार्ण गरिएका अनधिकृत घर टहरा डोजरको सहायताले भत्काउन सुरु गरिएको हो । महानगरको प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा सार्वजनिक जग्गामा टहराहरु निर्माण गरिएका…