बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

चन्द्रनगर गााउँपालिका अध्यक्ष राजकुमार महतोले गरे पुल निर्माणको शिलान्यास



सर्लाही । सर्लाहीको चन्द्रनगर गााउँपालिकाले वडा नं.२ स्थित रहेको चमरबा खोलाको पुल निर्माणको शिलान्यास गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सो पुल निर्माणको शिलान्यास गरेका हुन्।

उक्त पुलको निर्माण नहुँदा बर्षा याममा किसान, व्यापारी र जनताले यातायातमा समस्या भोगिरहेका थिए । सोही सास्ती र समस्याबाट अबको बर्षा याममा उनीहरुले त्यो समस्याबाट छुटकरा पाउने भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १३ बजे