चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

नगरस्तरीय समावेशी सरसफाई तालीम कार्यक्रम सम्पन्न



काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत दाङको तुलसिपुर उपमहा नगरपालिका र त्यस आसपास जिल्लाका १२ वटा नगरपालिकाहरुलाई दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी क्षमता भिवृद्धिका लागि तीनदिने कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम नेपाल नगरपालिका संघको आयोजनामा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो)को प्राविधिक सहयोग र यूसीएलजी आस पाकको सहकार्यमा गरिएको हो ।

दक्षिण एसियाली नगरपालिका संजालमा सरसफाई पैरवी परियोजन (फेज २) अन्तरगत दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने नगरस्तरीय समाबेशी सरसफाई तालिम कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त नगरस्तरीय तालिम कार्यक्रम चैत १२, १३ र १४ गरी तीन दिनसम्म बाँकेको नेपालगञ्जमा सञ्चालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ४४ बजे