बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारका लागि गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने



काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारका लागि गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको चुमानले बताउँछन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न योे कार्यक्रमले सहयोग गर्ने चुमानको भनाई छ । उनी भन्छन्, ‘यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिदैँ आएको थियो । अब सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्न लागेको हो ।’

‘पहिलो चरणमा हामीले दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखेका छौँ,’ उनले थपे, ‘पालिकाभित्र ६ वटा वडा रहेकोमा वडा नं ४, ५ र ६ का सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाएका हौँ ।’

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ३९ बजे