बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

महानगरपालिकाद्वारा खेलाडीद्वय राजवंशी र कँडेल सम्मानित



काठमाडौं । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताए । महानगरपालिका प्रमुख कोइरालाले खेलको माध्यमबाट विश्वमा मुलुकको नाम राख्न सकिन्छ भन्ने कुरा क्रिकेट खेलाडीले देखाएको उल्लेख गरे ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ०१ बजे