बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि अज्ञात व्यक्तिद्वारा दूव्र्यवहार



सिराह । सिराहको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि अपरिचिति व्यक्तिले अभद्र व्यवहार गरेका छन् ।

नगर प्रमुख श्रेष्ठलाई पालिकाको काम गरी जिल्ला समन्वय समिति सिराहको कार्यक्रममा जाने क्रममा दुई अपरिचित व्यक्तिले नगरपालिकाको कार्यालय परिसरमै प्रवेश गरी आक्रमण गरेका हुन् ।

आक्रमणकारी एकजनाले पर्चा दिएर अलमल्याएका थिए र अर्का व्यक्तिले प्रमुख श्रेष्ठमाथि दूव्र्यवहार गरेका थिए । नगरप्रमुख श्रेष्ठमाथि कार्यालय परिसरमै भएको दूव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरपालिका संघले आपत्ति प्रकट गरेको छ ।

नगरपालिका संघले जनप्रतिनिधिमाथि यसरी कार्यालय परिसरमै आक्रणम हुनु लोकतन्त्रविद्धको गतिविधि भएको ठहर गरेको छ ।

संघले यस्ता कार्यले स्थानीय जनप्रतिनिधिको मनोबल घटाउने भएकाले त्यसप्रति सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाबाट स्थानीय जनप्रतिनिधिहरुको मनोबल बढाउन शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्नुपर्ने माग गरिएको छ ।

नगरपालिकामा भएको उक्त दुखद् घटनाको छानविन गरी दोषलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै नगरपालिका संघले विज्ञप्ति प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ५६ बजे