जेष्ठ ७, २०८१ सोमबार Tue May 21 2024

उचित मूल्य नपाएको भन्दै किसानहरुले सडकमै फ्याके गोलभेँडा

काठमाडौँ । कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्। आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्। मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन्