बैशाख २८, २०८१ शुक्रबार Fri May 10 2024

आईएमई ग्रुपद्वारा भूकम्प पीडितलाई एक करोड पचास लाख रुपैयाँ सहयोग



काठमाण्डौ । आईएमई ग्रुपले भूकम्प पीडितका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनी तथा आईएमई फाउन्डेशनले भूकम्प प्रभावितका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् ।

जाजरकोट,रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । ती क्षेत्रमा आईएमई ग्रुप तथा आईएमई फाउन्डेशनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने छन् ।आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यस पटक पनि हरसम्भव सहयोगका लागि जुटेको बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ३९ बजे