श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

गोर्खा ब्रुअरीले ग-यो भूकम्प पीडितलाई १ करोड सहयोग



काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लिले भूकम्पपीडितको लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । प्रा.लिले भूकम्पपीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराएको हो ।

उक्त रकम बराबरको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाउँदा आफू सन्तुष्ट रहेको बताएका छन् । उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा हुने गरेका प्राकृतिक विपत्तिहरुमा यथासक्य सहयोग गर्दै आएको बताउँदै कोरोना महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरूमध्येमा आफू ठूलो सहयोगी रहेको बताए ।

प्रा.लि.का डीएमडी सिलवालले नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत,खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : २८ बजे