सोलुखुम्बु । सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका बलबहादुर केसीले सामाजिक एकता र सहिष्णुता कायम राख्नुपर्ने बताएका छन् । चुनावी कार्यक्रममा मतदातालाई उनले सामाजिक एकता, धार्मिक तथा जातीय सहिष्णुताले मात्र देशको विकास र समृद्धि हुने बताएका हुन् । यसका लागि आफ्नो स्थापनाकालदेखि नै कांग्रेस दत्तचित्त भएर लागेको उनको भनाइ छ ।…