श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

भूमि फिर्ता लिन भारतसँग बोल्न सक्नुपर्छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले बहुमतले पारित गरेको बताए ।

उनले भने, ‘यो भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्नुपर्छ। सम्पूर्ण एक भएर वार्ता गरेर भूमि फिर्ता ल्याउनुर्छ । ओलीजीले यहाँ आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ। हामी कुटनीतिक रुपमा पहल गछौँ ।’

गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म निरन्तर जाने बताए । गठबन्धन राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ४२ बजे