बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

मंसिर चार गते जनताले पुराना दल र नेतालाई विस्थापित गर्ने छन् – कुन्ती पोख्रेल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौ क्षेत्र नं २ कुन्ती पोख्रेलले मसिंर ४ गतेबाट पुराना नेताहरुलाई विस्थापित गरी नयाँ र जोसिला नेतृत्वहरुलाई स्थापित गर्ने प्रक्रियाको थालनी हुने बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नं २ मा पु्राना दल तथा पुराना नेताहरुलाई विस्थापन गरेर ‘भिजन’ भएको युवा उम्मेदवारलाई जिताएर यस क्ष्ोत्रको विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने उनले बताइरहेकी छन् । यो बेला कांग्रेस, एमाले तथा माओवादीका मतदातासमेत ‘नो नट अगेन’को पक्षमा उभिएका छन् ।

‘नो नट अगेन’ धेरै कुराहरुको प्रतिनिधित्व गर्ने शब्दावली बनेको छ । नेपालमा यतिबेला अर्थात् राजनीतिमा आएको विकृति तथा विसंगति, विदेशीका गुलाम नेताहरुका कारण नेपालको सार्वभौमिकतामा आएको आँच, नेपालमा अहिले आएको आर्थिक मन्दी, नेपालमा बेरोजगार मानिसहरुको संख्यामा अस्वभाविक पढेलेखेका दक्ष युवाहरुको विदेश पलायन लगायतका समस्याहरुले पनि यतिबेला ‘नो नट अगेन’ मुद्दा प्रखर रुपमा अघि बढिरेहेको छ ।

हाल काठमाडांै २ मा कुन्ती पोख्रेलको सम्भावना बलियो बन्दै गइरेहेको छ । ‘नो नट अगेन’ अभियान बोकेकाहरुले यतिबेला कुुन्ती पोख्रेललाई भोट हाल्ने सम्भावनाहरु पर्याप्त मात्रामा रहेको स्थानीयको आँकलन छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : १३ बजे