नुवाकोट ।प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सिंहदरबार नै डराउने प्रतिनिधि चुनेर पठाउनुपर्ने बताएका छन् । ‘सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने प्रतिनिधि नपठाउनुस्,’ नेता केसीले बिहीबार लोकतान्त्रिक वाम गठबन्धनको भेटघाट कार्यक्रम म्यागङ गाउँपालिकाको देउरालीमा सम्बोधन उक्त धारणा राखेका हुन् । उनले यसअघि पठाएका उम्मेदवार सिंहदरबारमै हराएकाले अहिले सिंहदबार नै डराउने…