काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई…