बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

कुल आचार्य एनआरएन बेलायतको साधारण सदस्यबाट बर्खास्त



लन्डन।गैर–आवासीय नेपाली संघ (एनआरएन) आइसीसीका बर्तमान अध्यक्ष कुल आचार्यलाई गैर–आवासीय नेपाली संघ बेलायतले साधारण सदस्यबाट हटाएको छ । संघको विहिवार आकस्मिक भेलाले आचार्यलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

गैर आवासीय नेपाली संघ बेलायतको पुर्व अध्यक्ष समेत रहेका आचार्य हाल पञ्जिकृत सदस्य समेत रहेका थिए । १० औं केन्द्रीय महाधिवेशनबाट दुई समुहमा विभाजन भएका गैर–आवासीय नेपाली संघ (एनआरएन) आइसीसीका एक समुह (संस्थापन) समुहबाट आचार्य ६ महिने अध्यक्ष भएका थिए । तीन जना अध्यक्षमध्ये एक अध्यक्ष आचार्यको कार्यकाल आउँदो १ अक्टोबरबाट सकिदैंछ ।

गैरकानुनी रुपमा प्रक्रिया नै नपु(याई निर्वाचित अध्यक्षलाई पदमुक्त गरेको पत्र पठाएर मानहानी गर्दै भ्रम फैलाएकाले आचार्यलाई च्यारिटी कमिशन र एनआरएनए युकेको विधान धारा ४१ अनुसार साधारण सदस्यबाट समेत नरहने हटाइएको गैर–आवासीय नेपाली संघ ९एनआरएनए० बेलायतका प्रवक्ता भरतमणी चोङबाङले बताए ।

कार्यकाल सकिनु अघि नै गैर आवासीय नेपाली संघ ९एनआरएनए० एनसीसी बेलायतका निर्वाचित अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त भएको भन्ने आइसीसीले पत्र पठाएपछि आचार्य विवादको घेरामा पर्दै आएका थिए ।

एनआरएनए फुटाउनका लागि विभिन्न गतिविधि गरेको समेत उनीमाथि आरोप छ । आचार्यकै कारण एनआरएनए बेलायतमा विवाद बढेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ५३ बजे