१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

प्रदेश -१ को प्रदेशसभाको बैठक आज बस्दै



विराटनगर। प्रदेश नं १ प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ।

गत पुस ३० देखि स्थगित बैठक आज अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

यसैगरी, माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिए।

प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था भएअनुरुप सो सम्बोधन हुने सचिव पराजुलीको भनाइ छ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ११ : ०१ बजे