२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालका तय भएको छ ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : १७ बजे