२५ आश्विन २०८३, आइतबार Mon Oct 12 2026

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन शनिबार हुने



काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन्।

साथै उनले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिए। आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ। उनको पक्षमा १६७ मत आएको छ भने नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन्।

त्यस्तै, एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो। सभामुखका लागि मतदानमा २६८ सांसद सहभागी भएका थिए।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ५० बजे