२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

निर्वाचन आयोगद्वारा लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनका लागि कार्यक्रम स्वीकृत



काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि कार्यक्रम स्वीकृत गरेको छ।

निर्वाचन आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले माघ २५ गते हुन गइरहेको राष्ट्रियसभाको रिक्त पदका लागि हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत भएको जानकारी दिए।

रिक्त पदका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।

स्वीकृत कार्यक्रमअनुसार ८ माघमा मतदाता नामावली प्रकाशन गर्ने,दाबी विरोधलगायतका प्रक्रिया पूरा गरी १० गते अन्तिम नामावली प्रकाशन गर्ने तथा ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरी दावी विरोध,छानविन,उम्मेदवारले नाम फिरता लिनेलगायतका प्रकिया पूरा गर्ने कार्यक्रम रहेको छ।

यस्तै १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने आयोगको तयारी छ।

माघ २५ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ५ : ५३ बजे